| २००८ फागुन ११ |
इवा २, तेह्रथुममा जन्म, माता–स्व. मधु ओली; पिता– मोहनप्रसाद ओली । |
| २०२० |
झापामा बसाई सराइ |
| २०२३ |
माक्सवादी अध्ययन दलमा संगठित |
| २०२५ |
पूर्णकालिन राजनीतिक कार्यकर्ताको रुपमा गतिविधिमा संलग्न |
| २०२६ माघ |
नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त । |
| २०२७ जेठ ९ |
पूर्णकालिन नेताको रुपमा आन्दोलन परिचालनको लागि भूमिगत जीवन शुरु । |
| २०२७ फागुन १६ |
झापामा पहिलो पटक गिरफ्तार । २०३० सम्म १० पटक गिरफ्तार र रिहा । |
| २०२८ |
झापा आन्दोलन संगठन कमिटीको प्रमुखमा मनोनित । |
| २०३० असोज २३ |
राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्न रहेको जस्ता विभिन्न झुठ्ठा आरोपमा गिरफ्तार, ४ बर्ष गोलघर सहित १४ बर्ष जेल सजायँ । |
| २०३५ पुस ११ |
जेल मै रहँदा गठित नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनिवादी) को संस्थापक नेताको हैसियत प्राप्त । |
| २०४४ असार ११ |
जेलबाट रिहा, पुस २ गते बसेको नेकपा (मा–ले) को केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यमा मनोनयन । |
| २०४६ |
तत्कालिन नेकपा (माले) को लुम्बिनी अञ्चलको ईञ्चार्जको जिम्मेवारी बहन । |
| २०४७ जेठ १ |
पार्टीको युवा संस्था– प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपलको संस्थापक अध्यक्ष। |
| २०४७ पुस २२ |
नेकपा (मा–ले) र नेकपा (मार्क्सवादी) बीच एकीकरण, नवस्थापित नेकपा (एमाले)को संस्थापक केन्द्रीय सदस्य । |
| २०४८ |
बहुदलीय व्यवस्था स्थापना पछिको पहिलो आम निर्वाचनमा झापा–६ बाट संसदको तल्लो सदन, प्रतिनिधि सभाको सदस्यमा निर्वाचित |
| २०५० |
केन्द्रीय प्रचार विभागको प्रमुखको जिम्मेवारी सहित पोलिटव्युरो सदस्य निर्वाचित |
| २०५१ |
मध्यावधि निर्वाचनमा झापा–२ बाट प्रतिनिधि सभामा पुननिर्वाचित । मंसीर १४ गते कम्युनिष्ट पार्टीको नेतृत्वमा गठित पहिलो तथा लोकप्रीय सरकारको गृहमन्त्री नियुक्त। |
| २०५१ |
पार्टी संसदीय विभागको प्रमुख |
| २०५४ माघ |
पार्टीको छैटौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत कार्यनितिक प्रस्ताव अत्यधिक मतद्वारा पारित, स्थायी समिति सदस्यमा निर्वाचित, विदेश विभाग प्रमुखको जिम्मेवारी प्रदान। |
| २०५६ |
झापा–६ बाट प्रतिनिधिसभामा पुन निर्वाचित |
| २०५६–२०५९ |
संसदमा प्रमुख प्रतिपक्षी दलको उपनेता |
| २०५९ माघ |
पार्टीको सातौं राष्ट्रिय महाधिवेशनमा पार्टीको आन्तरिक लोकतान्त्रिकरण र बहुपदीय प्रणाली शुरु गर्ने प्रस्ताव प्रस्तुत, प्रस्ताव अर्को महाधिवेशनसम्मको लागि स्थगित– स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुखमा पुननिर्वाचित । |
| २०६३ |
गिरिजाप्रसाद कोइरालको नेतृत्वमा पुर्नस्थापित संसदद्वारा उपप्रधान मन्त्री तथा विदेश मन्त्री नियुक्त । |
| २०६४ |
पहिलो संविधानसभाको निर्वाचनमा पराजित |
| २०६५–६६ |
केन्द्रीय पार्टी स्कूल विभाग प्रमुख |
| २०६५ फागुन |
आठौं राष्ट्रिय महाधिवेशनमा आन्तरिक लोकतान्त्रिकरण र बहुपदीय प्रणालीको स्थगित प्रस्ताव स्वीकृत । अध्यक्ष पदको प्रत्यासी, तत्कालिन अध्यक्ष झलनाथ खनालद्वारा पराजित, विदेश विभागको प्रमुखको जिम्मेवारी सहित स्थायी समितिमा निर्वाचित । |
| २०७० मंसीर |
झापा–७ बाट संविधानसभा सदस्यमा निर्वाचित |
| २०७० माघ २१ |
तत्कालिन पार्टी अध्यक्षलाई पराजित गर्दै संविधानसभा तथा व्यवस्थापिका संसदको दलका नेतामा निर्वाचित । |
| २०७१ साउन १ |
नवौं राष्ट्रिय मधिवेशनबाट तत्कालिन बरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित । |
| २०७२ असोज २४ |
व्यवस्थापिका संसदबाट प्रधानमन्त्री पदमा निर्वाचित, असोज २५ गते शपथ ग्रहण। |
| २०७३ साउन ९ |
व्यवस्थापिका–संसदमा संबोधन, प्रधानमन्त्री पदबाट राजिनामा । |
| २०७३ साउन २० |
औपचारिक रुपमा नयाँ प्रधानमन्त्री पुष्पकमल दहाललाई सत्ता हस्तान्तरण । |
| २०७४ फागुन ३ |
राष्ट्रपति विद्यादेवी भण्डारीबाट ४१ औं प्रधानमन्त्रीको रूपमा शपथ । |
| २०७८ असार २९ सम्म |
नेपालको प्रधानमन्त्री |