national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

Decision-making Process of the Council of Ministers

मन्त्रिपरिषद्को निर्णय प्रक्रिया
सम्बन्धित मन्त्रालयले छलफल तथा परामर्शपछि निश्चित विषयको प्रस्ताव तयार गर्छ । उक्त प्रस्ताव नेपाल सरकार (कार्यसम्पादन) नियमावलीमा प्रस्ताव गरिएको विषयको संक्षिप्त परिचय, विभिन्न निकायबाट प्राप्त सल्लाह सुझाव तथा परामर्श, प्रस्ताव पेश गर्नुपर्नाको कारण, सम्बन्धित मन्त्रालयको सिफारिश र निर्णय हुनुपर्ने विषयको व्यहोरा स्पष्ट रुपमा उल्लेख गरिएको हुन्छ । सम्बन्धित मन्त्रालयको सचिवले मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव दर्ता गरेपछि मुख्यसचिवले त्यो प्रस्ताव अध्ययन गरी मन्त्रिपरिषद्को कार्यसूचिमा राख्छन् । केही कुरा अस्पष्ट भए मुख्यसचिवले त्यसमा राय माग्न पनि सक्छन् । पेश भएको प्रस्तावमाथि मन्त्रिपरिषद्ले छलफल गरी निर्णय लिन्छ । यदि त्यो प्रस्तावको थप अध्ययन गर्नुपर्ने भए सुझावका लागि सम्बन्धित मन्त्रिपरिषद् समितिमा पठाइन्छ र समितिले त्यसमाथि सुझाव दिन्छ । समितिले दिएको सुझावअनुसार मन्त्रिपरिषद्को बैठकमा सो प्रस्तावमाथि निर्णय लिइन्छ ।

मन्त्रिपरिषद्का समितिहरु
नेपाल सरकार मन्त्रिपरिषद्ले मन्त्रिपरिषद्मा निर्णयार्थ पेश भएका प्रस्तावहरुमाथि सुझाव, सल्लाह लिन र मन्त्रिपरिषद्लाई सहयोग गर्न पाँचओटा विषयगत मन्त्रिपरिषद् समिति गठन गरेको छ । मन्त्रिपरिषद्मा आएका प्रस्तावहरुमाथि निर्णय गर्नुअघि अवाश्यक परे मन्त्रिपरिषद्ले यी विषयगत समितिहरुमा पठाउँछ र समितिको सुझावअनुसार निर्णय लिने गर्छ । यी समितिहरुले तोकिएका कार्यक्षेत्रअनुसार प्रस्तावहरुको अध्ययन गर्छन् । समितिहरुले हेर्ने गरी मन्त्रालयहरु पनि तोकिएको हुन्छ । मन्त्रिपरिषद् राजनैतिक समिति प्रधानमन्त्रीको संयोजकत्वमा छ भने अन्य समितिहरु उपप्रधानमन्त्री र मन्त्रीहरुको संयोजकत्वमा गठन गरिएका छन् ।

समितिको नाम संयोजक तथा सदस्यहरु कार्यक्षेत्र
राजनैतिक समिति संयोजक
सम्माननीय प्रधानमन्त्री
सदस्यहरु
  1. माननीय उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री
  2. माननीय उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री
  3. माननीय उपप्रधानमन्त्री तथा गृह मन्त्री
  4. माननीय अर्थ मन्त्री
  5. माननीय सङ्र्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री
  6. माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री
  7. माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री
  8. माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
  1. मुलुकको समग्र रजनीतिक स्थितिको समीक्षा
  2. शान्ति प्रवद्र्धन र द्वन्द्व व्यवस्थापन
  3. राजनीतिक कुरा समावेश भएका अन्य विषय
  4. वैदेशिक सम्बन्ध र परराष्ट्र नीति
  5. संयुक्त राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय÷क्षेत्रीय संस्था
  6. शान्ति सुरक्षा तथा कानुन व्यवस्था
  7. निर्वाचन
  8. सरकारमा संलग्न र सरकारलाई समर्थन गर्ने दलसँग समन्वय
  9. मन्त्रिपरिषद्बाट तोकिएका अन्य विषय
प्रशासन समिति संयोजक
माननीय अर्थ मन्त्री -संयोजक
सदस्यहरु
  1. माननीय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री
  2. माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री
  3. माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री
  4. माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री
  5. माननीय खानेपानी मन्त्री
  6. माननीय रक्षा मन्त्री
  7. माननीय शहरी विकास मन्त्री
  8. माननीय युवा तथा खेलकुद मन्त्री -सदस्य
  1. निजामती प्रशासनको नीति, गुरुयोजना तथा कार्यक्रम
  2. मन्त्रिपरिषद्बाट गरिने प्रशासनिक कार्य
  3. नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान नीति, गुरुयोजना र कार्यक्रम
  4. शासकीय सुधार
  5. शान्ति सुरक्षसम्बन्धी नीतिगत विषय बाहेक गृह प्रशासन र रक्षासम्बन्धी अन्य विषय
  6. मन्त्रिपरिषद्बाट तोकिएका अन्य विषय
सामाजिक समिति संयोजक
माननीय उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री
सदस्यहरु
  1. माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
  2. माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री
  3. माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री
  4. माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री
  5. माननीय खानेपानी मन्त्री
  6. माननीय रक्षा मन्त्री
  7. माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
  8. माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
  9. माननीय वन तथा वातावरण मन्त्री
  1. शिक्षा तथा खेलकुद
  2. वन तथा भूसंरक्षण
  3. वातावरण, विज्ञान तथा प्रविधि
  4. संस्कृति संरक्षण
  5. स्वास्थ्य र जनसंख्या
  6. महिला, बालबालिका, अपाङ्गता, अशक्त तथा जेष्ठ नागरिकको हकहित र समाज कल्याण
  7. सरकारी तथा गैरसरकारी सामाजिक संस्था
  8. भूमिसुधार तथा व्यवस्था
  9. मन्त्रिपरिषद्बाट तोकिएका अन्य विषय
आर्थिक तथा पूर्वाधार समिति संयोजक
माननीय उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री
सदस्यहरु
  1. माननीय अर्थ मन्त्री
  2. माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
  3. माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
  4. माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री
  5. माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री
  6. माननीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री
  7. माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
  8. माननीय शहरी विकास मन्त्री
  9. माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
  10. माननीय वन तथा वातावरण मन्त्री
  1. समग्र आर्थिक विकास, अल्पकालीन तथा दीर्घकालीन नीति, योजना एवम् कार्यक्रम
  2. बजार मूल्य, आपूर्ति तथा वितरण
  3. बजेट, राजस्व तथा स्रोत परिचालन
  4. मौद्रिक तथा वित्तिय विषय
  5. उद्योग, वाणिज्य र आपूर्ति व्यवस्था
  6. वैदेशिक सहायता
  7. आर्थिक दायित्व र फर-फारक
  8. कृषि विकास
  9. विद्युत, उर्जा तथा जलस्रोत
  10. सडक तथा यातायात व्यवस्था
  11. खानेपानी, भौतिक योजना तथा पूर्वाधार विकास
  12. श्रम तथा रोजगार
  13. सूचना तथा सञ्चार
  14. पर्यटन तथा नागरिक उड्डयन
  15. सहकारी तथा गरिबी निवारण
  16. सिँचाइ
  17. सहरी विकास
  18. मन्त्रिपरिषद्बाट तोकिएका अन्य विषय
विधेयक समिति संयोजक
माननीय उपप्रधानमन्त्री तथा गृह मन्त्री
सदस्यहरु
  1. माननीय अर्थ मन्त्री
  2. माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
  3. माननीय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री
  4. माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
  5. माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री
  6. माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री
  7. माननीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री
  8. माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
  9. माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
  10. माननीय युवा तथा खेलकुद मन्त्री
  1. अध्यादेश तथा संघीय संसदमा पेश हुने विधेयक
  2. नियम, विनियम, गठनआदेश, निर्देशिका आदि
  3. संघीय संसद
  4. मानव अधिकार
  5. कानुन, न्याय तथा संवैधानिक विकास
  6. कानुनी प्रश्न समावेश भएको नीति तथा कार्यक्रम
  7. मन्त्रिपरिषद्बाट तोकिएका अन्य विषय