प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

'नेपाल माउण्टेन एकेडेमी खोल्न पहल गर्छु' - प्रधानमन्त्री

'नेपाल माउण्टेन एकेडेमी खोल्न पहल गर्छु' - प्रधानमन्त्री
श्रावण २६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा माउण्टेन सम्बन्धि अध्ययन गर्ने एकेडेमी स्थापना गर्न पहल गर्ने बताउनुभएको छ । सगरमाथा आरोही संघका प्रतिनिधि मण्डलसँग सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपाल हिमालयको देश हो । विश्वभरका मानिसले नेपालमा आएर माउण्टेन सम्बन्धि अध्ययन गर्नका लागि नेपाल माउण्टेन एकेडेमी स्थापना गर्न पहल गर्नेछु ।’ भेटमा आरोहीहरुले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै आरोहण सम्बन्धि सम्भावना र जटिलताबारे जानकारी गराएका थिए ।