तीन महत्वपूर्ण निर्णय गर्दै मन्त्रिपरिषद्को बैठक सम्पन्न
Powered by
riri one
भदौ २६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठक तीन महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।
आइतबार सिंहदरबारमा बसेको बैठकले भवन आचारसंहिता राजपत्रमा प्रकाशित गरी लागु गर्ने निर्णय गरेको छ । त्यसै गरी बैठकले १२ जना सचिवहरुको सरुवा गरेको छ । सचिव शंकरप्रसाद अधिकारीलाई सहकारी तथा गरिबी निवारणबाट पर्यटन तथा नागरिक उड्डयन, गोपीनाथ मैनालीलाई क्षेत्रीय प्रशासन कार्यालय पोखराबाट निर्वाचन आयोग, शारदाप्रसाद त्रिताललाई निर्वाचन आयोगबाट सहकारी तथा गरिबी निवारण, श्रीधर सापकोटालाई आपूर्तिबाट रक्षा, लक्ष्मणप्रसाद मैनालीलाई युवा तथा खेलकूदबाट श्रम तथा रोजगार, मधु रेग्मीलाई महिला बालबालिका तथा समाज कल्याणबाट लोक सेवा आयोग, विष्णुप्रसाद लम्साललाई श्रम तथा रोजगारबाट महिला, बालबालिका तथा समाज कल्याण, महेश कुमार दाहाललाई रक्षाबाट युवा तथा खेलकूद, अर्जुनकुमार कार्कीलाई भौतिक पूर्वाधार तथा यातायातबाट नेपाल ट्रष्ट, धनबहादुर तामाङलाई जल तथा उर्जा आयोगबाट भौतिक पूर्वाधार तथा यातायात, भीमप्रसाद उपाध्यायलाई नेपाल ट्रष्टको कार्यालयबाट जल तथा उर्जा आयोग र प्रेमकुमार राईलाई पयर्टन तथा नागरिकबाट आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ ।
बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत पनि गरेको छ ।