भारतीय राष्ट्रपतिलाई नेपालमा स्वागत
Powered by
riri one
कार्तिक १७, काठमाडौं । भारतीय महामहिम राष्ट्रपति प्रणव मुखर्जीलाई आज अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
नेपालको तीनदिने राजकीय भ्रमणका लागि बुधबार काठमाडौं आउनुभएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा नेपालका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी, सम्माननीय उप राष्ट्रपति नन्दबहादुर पुन, सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरु तथा विशिष्ट व्यक्तिद्वारा स्वागत गरियो ।
सो अवसरमा नेपाली सेनाले महामहिम राष्ट्रपति प्रणव मुखर्जीलाई विमानस्थलमै २१ तोपको सलामीसहित राजकीय सम्मान व्यक्त गरेको थियो ।