प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

नयाँ वर्षको सुरुआतसँगै प्रधानमन्त्रीद्वारा ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान शुभारम्भ

नयाँ वर्षको सुरुआतसँगै प्रधानमन्त्रीद्वारा ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान शुभारम्भ
बैशाख १, काठमाडौं । नयाँ बर्षको नयाँ बिहानी सुरुआतसँगै प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान शुभारम्भ गर्नुभएको छ । स्वास्थ्य मन्त्रालयको आयोजनामा त्रिपुरेश्वरको दशरथ रंगशालावाट सुरु गरिएको अभियानको झण्डोत्तलन र मंगलधुनका साथ प्रधानमन्त्रीले शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा स्वास्थ्य मन्त्रीसहित विभिन्न मन्त्री, सांसद, सरकारी कर्मचारी, समाजसेवी, विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रम उद्घाटन लगत्तै दशरथ रंगशालावाट सुरु भएको अभियानात्मक ¥याली बसन्तपुरमा पुगेर समापन भएको थियो । देशभर ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।