राष्ट्रिय आर्थिक गणना २०८२
A.D.:
Nepal Samvat: 1146 CHAULAGA SHASTHI - 21
सोही क्रममा उहाँले सीमान्तकृत महिला तथा किशोरीहरूको आयआर्जन, क्षमता विकास तथा सशक्तीकरणका लागि आर्थिक र सामाजिक विकासको रणनीतिक कार्ययोजना तयार गर्न, स्थानीय न्यायिक समितिहरूमा महिला कानुनी परामर्शकर्ताको प्रबन्ध गर्न, घरायसी कामलाई श्रम गणनामा समावेश गरी सम्मान गर्ने कार्यको कार्यान्वयन गर्न, बालसुधार गृहलाई स्तरोन्नति तथा व्यवस्थापकीय सुधारका साथै बालबालिका सम्बन्धी ऐनको समयानुकूल संशोधनलाई प्राथमिकता दिन, विद्यालयमा बालबालिकाको उमेर समूह र कक्षाअनुसारको खेलकुद, मनोरञ्जन तथा अतिरिक्त क्रियाकलापहरूको वार्षिक क्यालेन्डर निर्माण गरी सञ्चालन गर्न, ज्येष्ठ नागरिकहरुको राष्ट्रिय डाटाबेश निर्माणका लागि पूर्वाधार तयार गर्न, ज्येष्ठ नागरिकलाई सम्मान सहित स्याहार, पालनपोषण गर्ने परिवारलाई स्थानीय तहमार्फत आदर्श परिवार घोषणा गरी सम्मान र सहुलियत प्रदान गर्ने व्यवस्था गर्न, सातै प्रदेशमा सहकार्यको ढाँचामा अपांगता भएका व्यक्तिहरूका सहायक उपकरणको उत्पादन र वितरण केन्द्र सञ्चालनको प्रबन्ध गर्न, समाज कल्याण परिषदबाट राष्ट्रिय प्राथमिकताका क्षेत्रमा मात्र वैदेशिक सहायता परिचालन गर्ने व्यवस्था मिलाउन तथा दुर्गम क्षेत्र र गरिब घर परिवारका गर्भवती महिलाहरूका लागि समुदायमा आधारित हेरचाह तथा परामर्श सेवा सुरु गर्ने विषयमा अध्ययन गर्न पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिनुभएको छ।
उक्त छलफलमा माननीय महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री श्री सुरेन्द्र राज आचार्यज्यू, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालज्यूका साथै सचिवज्यूहरुले आ–आफ्नो विषयक्षेत्र तथा कार्यजिम्मेवारीका विषयमा बोल्नुभएको थियो ।