A.D.:
Nepal Samvat: 1146 SILLAGA ASTAMI - 23
सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभयो, “चिकित्सा शिक्षा आयोगको बैठक हामी छिट्टै बस्छौँ। स्वास्थ्य क्षेत्रका समस्या के हुन्, नर्सिङ क्षेत्रका समस्या के हुन्, त्यसबारे बृहत् छलफलमार्फत् एउटा निष्कर्षमा पुग्नुपर्छ। आयोगको बैठक बसेर हामी अध्ययन समिति नै बनाएर त्यसबारे व्यवस्थित काम गरौँ। त्यसमा राष्ट्रिय योजना आयोगलाई पनि समावेश गरेर जाऔँ।”
सम्माननीय प्रधानमन्त्रीज्यूले नर्सिङ शिक्षाको विषयमा नर्सिङ र सिटिइभिटीको क्षेत्राधिकार बाझिने गरेको परिस्थिति रहेकाले त्यसलाई प्रष्ट पारेर जानुपर्ने पनि बताउनुभयो ।
उक्त उच्चस्तरीय छलफलमा माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री श्री पूर्णबहादुर खड्काज्यू, माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठज्यू, माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्री अशोककुमार राईज्यू, नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवज्यूहरु, चिकित्सा शिक्षा आयोगका सदस्य तथा नर्सिङ काउन्सिलका रजिष्ट्रार लगायतको उपस्थिति थियो ।