A.D.:
Nepal Samvat: 1146 SILLAGA ASTAMI - 23
सम्माननीय प्रधानमन्त्रीले भन्नुभयो “१४ लाख युवाले फाराम भरेर पनि लाइसेन्स पाएका छैनन्। उनीहरूलाई लाइसेन्स दिने काम तपाईहरूको हो। त्यसका लागि नीति र बजेटमा अभाव भए त्यसको समाधान म खोज्छु । लाइसेन्स पाउने उनीहरूको अधिकार हो। यसमा लापरवाही नगर्नुस्।”
आफु प्रधानमन्त्री भएलगत्तै सेवा प्रदायक कार्यालयका देखिने सेवाग्राहीका लामा लाइन हटाउने प्रतिवद्धता गरेको स्मरण गराउँदै सम्माननीय प्रधानमन्त्रीज्यूले एक वर्षको अवधिमा त्यसमा देखिने गरी सुधार भएको भएतापनि पूर्ण सुधार हुन नसकेकोले त्यसतर्फ गम्भीर हुन र विभाग तथा सेवाप्रदायक कार्यालयहरूको कार्यक्षमता बढाउन सम्बन्धित मन्त्रालय तथा विभागहरुलाई निर्देशन दिनुभयो ।
हाल सरकारी निकायहरुमा स–साना प्राविधिक समस्या सुल्झाउनका लागि समेत विदेशीहरू नै बोलाउनुपर्ने स्थिति रहेको भन्दै उहाँले देशलाई आवश्यक पर्ने दक्ष प्राविधिक जनशक्तिको उत्पादन तथा तालिमका लागि योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।
छलफलमा उपस्थित माननीय उपप्रधानमन्त्री तथा मन्त्रीज्यूहरु, मुख्य सचिवज्यू, सचिवज्यूहरु तथा विभागका महानिर्देशकज्यूहरुले आफ्नो कार्यजिम्मेवारी तथा विषयक्षेत्रसँग सम्बन्धित विषयमा बोल्नुभएको थियो ।